Logo

पिएसजीसंग बार्साको लज्जास्पद हार, लिभरपुलले लाईपजिगलाई हरायो

ई-खेलकुद २०७७ फागुन ५ , बुधबार ०७:०२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको पहिलो लिगमा बार्सिलोना पेरिस सेन्ट जर्मेन पिएसजीसंग पराजित भएको छ । फ्रान्सेली क्लब पिएसजीले बार्सालाई उसैको मैदानमा ४–१ गोल अन्तरले हराएको हो । पिएसजीलाई शानदार जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरे । मोईस किनले एक गोल थपे ।
नाउ क्याम्पमा भएको खेलमा अग्रता भने बार्साले खेलको २७ औ मिनेटमा लिएको थियो । कप्तान लियोनल मेस्सीले पेनाल्टिमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिक्न सकेन् । ३२ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा पीएसजीले लगातार गोल गर्दै शानदार जित निकालेको हो । ६५ औ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यसको ५ मिनेटपछि किनले गोल थप्दै पीएसजीलाई बलियो अबस्थामा पुर्याए । एम्बाप्पेले ८५ औ मिनेटमा ह्याट्रिक पुरा गर्दा पिएसजीले शानदार जित हात पार्यो । चोटका कारण पिएसजीका ब्राजिलियन स्टार नेयमारले भने पुर्ब क्लबबिरुद्धको खेल गुमाएका थिए । प्रि–क्वार्टरफाईनलको दोस्रो लेग पेरिसमा मार्च १० मा हुनेछ ।
गएराती नै लिभरपुलले आरबी लाईपजिगलाई २–० ले हरायो । लाईपजिगको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । महम्मद सलाह र सादियो मानेले गाल गर्दै लिभरपुललाई जित दिलाए ।

च्याम्पियन्स लिग बार्सिलोना

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?