Logo

पिएसजीले आज मोनाकोसंग खेल्दै

ई-खेलकुद २०७७ मंसीर ५ , शुक्रबार ०२:११ मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा आज डिफेण्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ । मोनाकोको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ ।
पीएसजी मोनाकोलाई उसैको मैदानमा हराउदै लगातार नवौं जितसंगै शीर्ष स्थानमा बलियो बन्ने योजनामा छ । सुरुआती दुई खेलमा हार भोगेको पिएसजी त्यसपछिका खेलमा अपराजित रहदै आएको छ । १० खेलबाट उसको २४ अंक छ । १७ अंकमा तालिकाको छैटौ स्थानमा रहेको मोनाको पनि घरेलु मैदानमा पिएसजीलाई हराउदै तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।
आजको खेलमा पिएसजीका स्टारद्धय नेयमार र किलियन एम्बाप्पे मैदान फर्किने सम्भावना छ । नेयमार र एम्बाप्पेले चोटका कारण केही खेल गुमाएका थिए ।
आजै राती रेन्नेस र बोर्दोपनि प्रतिस्पर्धामा उत्रनेछन् ।

पीएसजी लिग वान

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?