
– एकदिवसीय विश्वकपको छनोट अन्तर्गत लिग टु को खेलमा पपुवा न्यु गीनी पिएनजीले स्कटल्याण्डसामु २ सय ६ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस जितेको स्कटल्याण्डले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पिएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ५ रनको सामान्य योगफल तयार पारेको हो ।
उसका लागि टोनी उराले सर्बाधिक ४६ रन बनाए । कप्तान असद भालाले ३६, चाल्र्स एमिनीले ३२ र किप्लिङ डोरिगाले अबिजित ३९ रन जोडे ।
स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा माईकल लिस्कले ३ विकेट चट्काए । पहिलो खेलमा ओमानसंग पराजित भएका दुबै टोली प्रतियोगितामा पहलिो जितको खोजीमा रहेका छन् ।
