Logo

पारस विदेशी लिग खेल्ने तेस्रो नेपाली क्रिकेटर , युएईमा आयोजना हुने टि–१० क्रिकेट खेल्ने

ई-खेलकुद २०७६ कात्तिक ८ , शुक्रबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का फ्रेन्चाईज लिग खेल्ने तेस्रो नेपाली क्रिकेटर बनेका छन् । युएईमा आयोजना हुने टी–१० क्रिकेट लिगमा पारसले आबुदाबीबाट खेल्नेछन् । सन्दिप लामिछाने र सोमपाल कामीपछि सन्दिप बिदेशी फ्रेन्चाईज लिग खेल्ने तेस्रो नेपाली हुन् । पारसलाई आबुदाबीले खेलाडी ड्राप्ट अघि नै टोलीमा राखेको हो । आबुदाबीले सो को जानकारी सामाजिक ट्वीटर मार्फत गराएको हो । उनी १० हजार डलरमा टोलीमा अनुबन्धीत भएका हुने । मोईन अली मार्की खेलाडी रहेको आबुदाबीमा कोरि एडरसन, महममद अमिर, निरोसन डिक्वेल्ला, रिचार्ड गील्सन, रोहन मुस्तफा, रामेज साहाजाद लगायतका खेलाडी रहेका छन् ।
टी–१० क्रिकेटमा सन्दिप लामिछानेलाई ४५ हजार डलरमा कर्नाटका टुसकेर्सले ड्राफ्टबाट लिएको थियो । नोभेम्बर १५ देखी २४ सम्म हुने लिगमा ८ टोलीले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?