Logo

पारस र सन्दिपलाई क्यानको ‘नो अब्जेक्सन लेटर ’

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले नो अब्जेक्सन लेटर दिएको छ । युएईमा कार्तिक २९ गतेबाट सुरु हुने टी–१० लिग खेल्न क्यानले खड्का र लामिछानेलाई नो अब्जेक्सन लेटर दिएको हो । योसंगै दुबै खेलाडीले बंगलादेशमा हुने ईमर्जिङ कप नखेल्ने निश्चित भएको छ ।
प्रतियोगिता खेल्न पाउँ भन्दै दुबै खेलाडीले क्यानमा निवेदन दर्ता गराएका थिए । सोहि समय बंगलादेशमा नेपालले ईमर्जिङ टिम्स कप खेल्नुपर्ने भएपछि दुबै खेलाडीले टी–१० मा खेल्न माग गर्दै पत्र लेखेका थिए । ईमर्जिङ कपमा नेपालले अविश्वसनिय रुपमा प्रबेश पाएसंगै यसअघिकै कार्यतालिका अनुसार टी–१० क्रिकेट लिगमा खड्का र लामिछानेले सहभागीता जनाउने भएका थिए ।
टि–१० लिगको मिती सार्बजनिक हुदा इमर्जिङ एसिया कप तालिकामै नभएकोले क्यानले दुबै खेलाडीलाई नो अब्जेकसन लेटर दिएको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । यदपी अन्य समयमा पनि यस्तो अवस्था आए नो अब्जेक्सन लेटर सहजताका साथ नदिने पनि प्याकुरेलले स्पष्ट पार्नुभयो । इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?