Logo

पारस र रोहनको अर्धशतकमा चितवनद्धारा बुटवलसामु २ सय ४ रनको उच्च चुनौती

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०१:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राईनोजले बुटवल ब्लास्टर्ससामु २ सय ४ रनको विशाल चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको बुटबलले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ३ रनको बिशाल योगफल तयार पारेको हो ।
पहिलो विकेटका रुपमा कप्तान पारस खड्का र रोहन मुस्तफाले ११ दशमलव २ ओभरमा १ सय १७ रनको साझेदारी गरेपछि चितवन प्रतियोगिताकै सर्बाधिक स्कोर बनाउन सफल बन्यो । पारस ६३ रनको ब्यक्तिगत स्कोरमा अफुताबुद्धिन अहमदको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए । मुस्तफा ७० रनमा अबिजित रहदा आरिफ शेखले ४१ रन बनाए । बुटवलका अफुद्धाबुदिन अहमदले २ तथा अबिनाश बोहाराले १ विकेट लिए ।
पहिलो खेलमा जित निकालेका दुबै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?