
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्बाधिक सफल कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् । ३ बर्षसम्म अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भएको भोलीपल्टै पारसले कप्तनबाट बिदा लिने घोषणा गरेका हुन् ।
आज एक विज्ञप्ती जारी गरि पारसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि कप्तानी त्यागको घोषणा गरेको जनाएका छन् ।
