Logo

पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना !

ई-खेलकुद २०७६ कात्तिक १४ , बिहीबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट टोलीका सफल कप्तान पारस खड्काले आगामी सिजनको आईपीएल खेल्ने संभावना बढेको छ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट भर्खरै राजिनामा दिएका पारसले विश्व चर्चित फ्रेन्चाईज लिग खेल्ने संभावना उच्च भएको हो । आईपीएलको नयाँ सिजनका लागि टोलीहरु रणनिति निर्माणमा जुटिरहेका बेला एसोसिएट राष्ट्रका खेलाडीसम्म पनि टोलीको नजर पर्न थालेको हो । टी–२० क्रिकेटमा बिष्फोटक ब्याट्म्यानसंगै अलराउण्डरको खोजी उत्तिकै बढ्दो छ । यस्तोमा नेपाली टोलीका अलराउण्डर पारसप्रति पनि केहि टोलको नजर लाग्नु स्वाभाविक हो । आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिप लामिछानेले लगातार २ सिजन दिल्लीबाट आईपीएलमा सहभागीता जनाईसकेका छन् । आईपीएल २०२० को खेलाडी अक्सन सुरु हुनै लाग्दा एसोसिएट मुलुकबाट पनि केहि खेलाडी आईपीएलमा खेल्न सक्ने बिश्लेषण हुन थालेको छ ।
स्पोर्टस क्रिडा अनलाइनले एसोसिएट सहितका राष्ट्रबाट आईपीएल खेल्न सक्ने तीन खेलाडीको सुची सार्बजनिक गर्दै पारसलाई दोस्रो नम्बरमा राखेको छ । स्कटल्याण्डका जर्ज मुन्से तेस्रो नम्बरमा रहदा अफगानिस्तानका हज्रतुल्लाह जजाई सो सुचीको शीर्ष स्थानमा रहेका छन् ।

१.हज्रतुल्लाह जजाई (अफगानिस्तान)
अफगानिस्तानका हज्रतुल्लाह निक्कै संभावना बोकेका ब्याट्सम्यान हुन् । भारतीय भुमीमा आएरल्याण्डविरुद्धको टी–२० क्रिकेटमा ६२ बलमा १ सय ६२ रनको बिष्फोटक पारि खेलेपछि उनको चर्चा विश्वभर चुलिएको थियो । उनले १६ छक्का र ११ चौका प्रहार गर्दै सो रन बनाएका हुन् । जजाईले ४१ टी–२० क्रिकेटमा १ हजार ३ सय १९ रन बनाईसकेका छन् ।

२. पारस खड्का (नेपाल)
नेपाली क्रिकेट टिमका सफल कप्तान पारस खड्कालाई पनि धेरै टोलीले फ्लो गरिरहेका छन । पछिल्लो पटक सिंगापुरले आयोजना गरेको त्रिकोणात्मक टि–२० सिरिजमा सिंगापुरबिरुद्ध शतक बनाएपछि उनको चर्चा झनै चुलिएको छ । टि–२० क्रिकेटमा सबैभन्दा चाडो शतक बनाउने चौथो खेलाडी समेत बनेका पारस टी–२० वरियतामा विश्वचर्चित खेलाडी भन्दा अघि रहेका छन् । पारसले हालसम्म ५० वटा टी–२० क्रिकेटमा १ हजार २ सय २४ रन बनाइसकेका छन् । यसमा एक शतक र सात अर्धशतक समावेश छन् ।
३. जर्ज मुन्से (स्कटल्याण्ड)
स्कटल्याण्डका ओपनर व्याट्सम्यमान मुन्से पछिल्लो समय निक्कै लयमा रहेका छन् । जुनसुकै परिस्थितीमा सहज रुपमा ब्याटिङ गर्न सक्ने गुणका कारण उनी धेरैको नजरमा पर्न सक्छन् । नेदरल्याण्डविरुद्धको टी–२० क्रिकेटमा ५६ बलमा १ सय २७ रन बनाए पछि उनलाई धेरै टोलीले मार्क गरेका छन् । हालसम्म ३८ टी–२० क्रिकेटमा ९ सय ८८ रन बनाईसकेका मुन्सेले १ शतक र ४ अर्धशतक प्रहार गरिसकेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?