Logo

पारसको राजिनामा पछिको बहस : अबको कप्तान ज्ञानेन्द्र, दिपेन्द्र की सन्दिप ?

ई-खेलकुद २०७६ असोज २९ , बुधबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजिनामा दिएसंगै अबको कप्तान को बन्लान भन्ने बहस सुरु भएको छ । नेपाली क्रिकेटको मियो सावित भएका खड्काको आर्चश्यजनक राजिनामा पछि औपचारिक रुपमा कप्तानको दाबी गर्ने खेलाडी नभएपनि सरोकारवालाहरुले केहि नाममा चर्चा सुरु गरेका हुन् ।
१. ज्ञानेन्द्र मल्ल : पारस खड्का कप्तान रहदा उपकप्तानको भुमिकामा रहेका ज्ञानेन्द्र मल्ललाई भावी कप्तानको रुपमा हेरिएको छ । उनी पारसको अनुपस्थितीमा टोलीको कप्तानका रुपमा पनि रहदै आएका छन् । कप्तान छाडे लगत्तै पत्रकारहरुसंगको कुराकानीमा पारसले पनि ज्ञानेन्द्रलाई भावी कप्तानका रुपमा चित्रण गरेका थिए । टोलीमा अनुभवी खेलाडीका हिसावले पनि पारसपछि ज्ञानेन्द्रकै संभवना बढि छ । तर उनीपनि पारसकै समकालिन खेलाडी भएकाले धेरै समय उनले कमानी सम्हाल्ने अवस्था नरहनेतर्फ सरोकारवाला सचेत पनि रहेका छन् ।


२. दिपेन्द्रसिंह ऐरी : उमेर समुहको टोलीको सफल कप्तानका रुपमा रहेका दिपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तान बनाउनु पर्ने तर्कपनि उठ्न थालेका छन् । टोलीका अलराउण्डरका रुपमा उदाएका ऐरी विगत केहि बर्षयता सिनियर टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । टोलीलाई सहज नेतृत्व दिनसक्ने गुण उनले उमेर समुहबाटै प्रमाणित गरिसकेका छन् । उनको सरल स्वभाव तथा कुशल नेतृत्वका कारण उनलाई टोलीको नेतृत्व जिम्मा दिनुपर्ने केहिको मत रहेको छ ।

३. सन्दिप लामिछाने : विश्व क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्दै आएका लेगस्पिनर सन्दिप लामिछानेलाई टोलीको नेतृत्व दिनुपर्ने आवाजपनि उतिकै सुनिन थालेको छ । तर नेतृत्वको अनुभवको कमीका कारण अहिल्यै त्यो संभावना नरहेको तर्कपनि धेरैको रहेको छ । मैदानमा ब्यक्तिगत प्रभाव बनाउन सफल लामिछानेपनि सामुहिक नेतृत्वका लागि तयार रहेका छन् । छोटो समयमा विश्व क्रिकेटमा निक्कै राम्रो छाप बनाएका उनलाई टोलीको कप्तान बनाउन सकिने धारणा उनका समर्थकको रहेको छ ।

यी तीन खेलाडी बाहेक शरद भेषावकर, बसन्त रेग्मी र बिनोद भण्डारीको  नाम पनि चर्चामा रहेका छन् । तर नेपाल क्रिकेट संघ क्यानले त्यस बिषयमा कुनै धारणा सार्बजनिक गरेको छैन् । आईसीसीबाट भर्खरै निलम्बन फुकुवा भएको क्यानको टेक्निकल कमिटि तथा खेलाडी छनौट कमिटि पनि बनिनसकेकाले केहि नयाँ कप्तान चयनको प्रक्रिया लम्बिने संभावना छ । 

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पारसलाई नै आफ्नो निर्णय फिर्ता लिएर कप्तानीको जिम्मेबारीमा फर्कन आग्रह गर्नुभएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?