Logo

पारसको राजिनामाले नेतृत्वप्रति गलत म्यासेज गएको छ : अध्यक्ष चन्द

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले कप्तान पदबाट पारस खड्काले दिएको राजिनामाले अन्तराष्ट्रिय स्तरमा क्यानको नेतृत्वप्रति गलत म्यासेज गएको बताउनुभएको छ । क्यानको निलम्बन फुकुवा लगत्तै खड्काबाट आएको राजिनामाले नेपाली क्रिकेटमा अझै विवाद रहेको भन्ने सन्देश प्रवाह हुनसक्ने चन्दको आशंका छ । ईखेलकुदसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष चन्दले सबै पक्ष मिलेर नेपाली क्रिकेटलाई माथी लैजानुपर्ने बेला, पारसबाट भएको निर्णय अत्यन्त असान्दर्भीक भएको जिकिर गर्नुभयो । उहा“ले भन्नुभयो– हुन त यो पारसको ब्यक्तीगत बिषय हो, तर जुन समयलाई उनले उपयुक्त मानेर राजिनामा दिए, त्यो समय नै अनुपयुक्त छ ।
पारसलाई निर्णय पुर्नबिचारका लागि औपचारिक आग्रह गर्ने बताउदै अध्यक्ष चन्दले त्यसपछि मात्र अर्को विकल्पमा छलफल चलाउने स्पष्ट पार्नुभयो ।
उनको राजिनामा बारे क्यानमा आधिकारीक जानकारी पनि नआएको भन्दै चन्दले भन्नुभयो–सामाजिक सञ्जालमार्फत राजिनामा आएको छ, क्यानमा आधिकारीक रुपमा केहि जानकारी छैन, तथापी क्यानले पारससंग थप छलफल गरेपछि मात्र प्रक्रिया अघि बढाउछौ ।
नेपाली क्रिकेटमा पारसको अतुलनिय योगदान रहेको भन्दै चन्दले उचित समयमा क्यानले त्यसको सम्मान गर्ने बताउुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?