Logo

पारसको टोलीले नर्दन वारियर्स तथा सन्दिपको टोलीले बंगला टाईगर्ससंग खेल्दै

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ११:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा आज फरक खेलमा २ नेपाली खेलाडीआबद्ध टोली मैदान उत्रन्दैछन् । अलराउण्डर पारस खड्का रहेको टिम आबुदाबीले नेपाली समयानुसार अपरान्ह सवा ५ बजे नर्दन वारियर्ससंग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा टिम कलन्दर्ससंग अंक बाँडेको आबुदाबी समुह चरणमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । आबुदाबीले आजको खेलमा पनि पारस खड्कालाई मैदान उतार्ने संभावना छ । पहिलो खेलमै आबुदाबीले पारसलाई प्लेईङ सेटमा राखे पनि उनले जम्मा ३ बलमात्र खेल्न पाएका थिए ।
आजै राती साडे ७ बजे अर्का नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले बंगला टाईगर्ससंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा जित निकालेको कर्नाटका लगातार दोस्रो जितको खोजीमा रहेको छ । हिजोको खेलमा मैदान उत्रएर १ विकेट समेत लिएका सन्दिपलाई आज पनि मैदान उतार्ने संभावना छ । उनले १९ रन खर्चेर टोलीलाई विकेट दिलाएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?