
– ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपमा आज आयोजक र बेलबारी फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुदैछ । ताप्लेजुङ सदरमुकामस्थित स्थानिय भानुजन उच्च माबीको खेल मैदानमा दिउँसो २ बजेपछि यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
आजको विजेताले क्वार्टरफाईनलमा मोरङकै डाँगीहाट क्लबसंग प्रतिस्पर्धा गर्नेछ । हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन रेडहर्ष क्लब ईलामले ताप्लेजुङको पोमु केछाङलाई ३–० ले हराउदै अन्तिम आठमा प्रबेश गरेको थियो ।

लाखे जात्रा आयोजक कमिटिको आयोजनामा जारी प्रतियोगितामा १ बिदेशी सहित १० टोली सहभागी छन् । गोल्डकपको विजेताले ३ लाख ११ हजार नगदसहित ३ तोला सुन र ५ केजी चाँदी जडित ट्रफि पाउनेछ । उपबिजेताले १ लाख ५१ हजारमा चित्त बुझाउनेछ ।