
– ताप्लेजुङमा जारी चौथो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा आज फिदिम स्र्पोर्टिङ क्लब पाँचथर र ईलामको रेडहर्ष क्लबबिच प्रतिस्पर्धा हुदैछ । सदरमुकामस्थित स्थानिय भानुजन उच्च माबीको खेल मैदानमा अपरान्ह साडे २ बजे दुई टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । डिफेण्डिङ च्याम्पियन रेडहर्षले उद्घाटन खेलमा पोमु केछाङलाई हराउदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । वाई पाएको फिदिमले भने क्वार्टरफाइनलबाट गोल्डकपको यात्रा सुरु गर्न लागेको हो ।
यसअघि हिजो भएको खेलमा आयोजकलाई टाईब्रेकरमा पराजित गर्दै मोरङको बेलबारी फुटबल क्लबले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । लाखे जात्रा आयोजक कमिटिको आयोजनामा जारी प्रतियोगितामा १ बिदेशी सहित १० टोली सहभागी छन् । गोल्डकपको विजेताले ३ लाख ११ हजार पाउनेछ । उपबिजेताले १ लाख ५१ हजारमा चित्त बुझाउनेछ ।
