
ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको दोस्रो सेमिफाइनलमा मोरङको डाँगीहाट फुटबल क्लब र डिफेण्डिङ च्याम्पियन रेड स्टार क्लब झापाबिच प्रतिस्पर्धा हुदैछ । ताप्लेजुङ सदरमुकामस्थित स्थानिय भानुजन उच्च माबीको खेल मैदानमा दिउँसो साडे २ बजे २ टोलीबिचको सेमिफाइनल भिडन्त सुरु हुनेछ ।
क्वार्टरफाइनलमा बेलबारी युवा क्लबलाई हराएको डाँगीहाट बलियो टोली रेड स्टारको चुनौती पन्छाउदै उपाधी नजिक पुग्ने योजनामा छ । गोर्खा स्र्पोटिङलाई पराजित गर्दैै सेमिफाईनल पुगेको रेड स्टार भने परिचित टोलीमाथी सहज जितसंगै उपाधी रक्षाका लागि अघि बढ्ने तयारीमा छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल रेड हर्ष क्लब ईलामलाई २–० ले हराउदै सुनसरीको एलेभेन एरोजले गोल्डकपको उपाधी यात्रा तय गरेको थियो । गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार र उपविजेता टिमले १ लाख ५१ हजार हात पार्नेछन् ।
