Logo

पाथीभरा गोल्डकपको उपाधीका लागि रेडस्टार र एलाभेन एरोज भिड्दै

ई-खेलकुद २०७६ भदौ ६ , शुक्रबार ०९:०८ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि रेडस्टार क्लव झापा र एलाभेन एरोज सुनसरीबिच प्रतिस्पर्धा हुदैछ । डिफेण्डिङ च्याम्पियन रेड स्टार परिचित टोलीबिरुद्ध सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा रहदा, डाँगीहाट भने पहिलो उपाधि जित्ने योजनामा रहेको छ । मोरङले क्यामरुनी क्लब दाउफिन्सका खेलाडीलाई टोलीमा अनुबन्धन गरेको छ । त्यस्तै राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडिहरुको अनुबन्धनले उसलाई केहि बलियो बनाएको छ ।
मोफसलको सफल टोली झापा ११ का खेलाडीलाई प्लेईङ सेटमा राखेको रेड स्टारले पनि अनुभवी खेलाडीलाई डाँगीहाटबिरुद्ध मैदान उतार्ने तयारी गरेको छ ।
प्रतियोगिताको बिजेताले नगद ३ लाख ११ हजार सहित कप, ट्रफि प्राप्त गर्नेछ भने उपबिजेताले १ लाख ५१ हजार र ट्रफिमा चित्त बुझाउने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?