
काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई हराउदै चन्द पुन क्यानको नेतृत्वमा पुग्नुभएको हो । पाण्डेलाई २९ मतले पछि पार्दै चन्द निर्वाचित हुनुभयो । चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गनुृभयो । संघको उपाध्यक्षमा चन्द समुहकै राजुबाबु श्रेष्ठ ४१ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्धन्दी मिङ्मा डाण्डु शेर्पाले १७ मत प्राप्त गरे । सचिवमा अशोकनाथ प्याकुरेल ४३ मत प्राप्त गर्दै विजयी बने उनका प्रतिद्धन्दी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा चन्द प्यानलकै रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित बन्दा प्रत्यासी उपेन्द्र भट्टराईले मात्र १२ मत पाए ।
५९ मतदाता रहेको क्यानको निर्वाचन, आईसीसीका प्रतिनिधिको उपस्थितीमा भएको थियो । निलम्बनपछि पहिलो पटक भएको यो निर्वाचनसंगै क्यानमाथी आईसीसीको प्रतिबन्ध खुल्ला हुने भएको छ । अर्को साता बस्ने आईसीसी बैठकलबाट त्यसको निर्णय हुने सभावना छ ।
