
एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा ८ नेपाली क्रिकेटर परेका छन् । पीएसएलले सार्बजनिक गरेको सिल्भर समुहमा पुर्बकप्तान पारस खड्कासहित शरद भेषावकर, बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, सोमपाल कामी रहेका छन् । लेगस्पिनर सन्दिप लामिछाने भने यसअघि नै प्लाटिनम श्रेणीको ड्राफ्टमा परिसकेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले पठाएको सुचीबाट उनीहरुलाई ड्राफ्टमा राखिएको हो । संघले करण केसी र ललित नारायण राजवंशीको नामपनि पठाएको थियो । ईमर्जिङ लगायत अन्य श्रेणीको घोषणा हुनुअघि नै ८ नेपाली खेलाडी ड्राफ्टमा परेका हुन् ।
पीएसएलको प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर अन्तर्गत विदेशी र स्थानीय समूहको खेलाडीको सुची पीएएलले सार्बजनिक गरिरहेको छ । पीएसएलको पाँचौ संस्करण सन् २०२० को फेब्रअरी २२ देखि २२ मार्चसम्म आयोजना हुने तालिका छ ।
