Logo

पाकिस्तान सुपर लिगको उपाधि कराँचीलाई

ई-खेलकुद २०७७ मंसीर ३ , बुधबार ०९:११ मा प्रकाशित

एजेन्सी । पाकिस्तान सुपर लिग क्रिकेट पिएसएलको उपाधि कराँची किंग्सले जितेको छ । गएराती भएको फाईनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउदै कराँचीले पहिलो पटक पिएसएलको उपाधि हात पारेको हो ।

लाहोरले दिएको १ सय ३५ रनको चुनौती कराँचीले ८ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा बाबर अजामले अबिजित ६३ र चाडविक वाल्टनले २२ रनको योगदान गरे । सारजिल खानले १३ र एलेक्स हेल्सले ११ रन बनाए । लाहोरका दिल्बर हुसैन र ह्यारिस रौफले समान २ तथा समिट पटेलले एक विकेट लिए ।
यसअघि कराँचीमा पहिले ब्याटिङ गरेको लाहोरले ७ विकेट गुमाएर १ सय ३४ रनको सामान्य योगफल तयार पारेको थियो । तामिम ईकबालले सर्बाधिक ३५ रन बनाएको लाहोरको ईनिङसमा फाकर जमानले २७ तथा सोहिल अख्तर र डेभिड विईसले समान १४ रन बनाए ।
अर्सद ईकवाल, उमिद आसिफ र वाकास मसुदले समान २ तथा ईमाद वासिमले एक विकेट लिए ।

कराँची किंग्स पिएसएल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?