Logo

पाकिस्तान र श्रीलंकाबिचको टी–२० सिरिज आज सुरु हुदै

ई-खेलकुद २०७६ असोज १८ , शनिबार ०८:१० मा प्रकाशित

असोज १८ एजेन्सी । पाकिस्तान र श्रीलंकाबिचको टी–२० सिरिज आज सुरु हुदैछ । ३ म्याचको टी–२० सिरिज अन्र्तगतको पहिलो खेल लाहोरमा नेपाली समयानुसार राती सवा ७ बजे सुरु हुनेछ । घरेलु टोली सर्फराज अहमद र भ्रमणकारी टोली लाहिरु थिरिमानको कमानीमा मैदान उत्रनेछ ।
यसअघि यी २ राष्ट्रबिच ३ म्याचको टि–२० क्रिकेट पनि भएको थियो ।
लामो समयपछि पाकिस्तानले घरेलु मैदानमा सिरिजको आयोजना गरेको हो । आफ्नो भुमी अन्तराष्ट्रिय खेलका लागि सुरक्षित रहेको छ भन्ने सन्देश दिन पाकिस्तानले श्रीलंकालाई आमन्त्रण गरेको हो । यसअघि पाकिस्तान सुपर लिगका नकआउटचरणका खेलहरु पनि पाकिस्तानले घरेलु मैदानमै गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?