Logo

पाकिस्तान क्रिकेट बोर्डद्धारा राहात प्याकेजको घोषणा

ई-खेलकुद २०७७ वैशाख २२ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड पिसीबीले फष्ट क्लास क्रिकेटर,स्कोरर, अम्पायर तथा ग्राउण्डस्टाफका लागि बिशेष राहात प्याकेजको घोषणा गरेको छ । कोरोनाको सक्रमणका कारण समस्यामा परेका खेलाडी अम्पायर र आफ्ना कर्मचारीलाई आर्थिक सहयोगको प्याकेज ल्याएको हो । बोर्डले फष्ट क्लास क्रिकेटरलाई २५, म्याच अफिसियललाई १५ र अन्य कर्मचारीलाई १० हजारका दरले रकम प्रदान गर्ने गरी प्याकेजको घोषणा गरेको हो ।

कोरोना सक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण आफ्नो माताहतमा रहेका ठुलो संख्याका खेलाडी र कर्मचारी प्रभावित भएको भन्दै बोर्डले राहातको प्याकेज घोषणा गरेको हो । ईस्लामहरुको पबित्र पर्व रमजानमा उनीहरुलाई आर्थिक समस्या नहोस भन्ने उदेश्यले पनि राहातको घोषणा गरिएको बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पाकिस्तान क्रिकेट बोर्डले यसअघि राष्ट्रिय टोलीका खेलाडीहरुका लागि छुट्टै आर्थिक सहयोग उपलब्ध गराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?