Logo

पाकिस्तानविरुद्धको वन डे सिरिज ईङल्याण्डलाई

ई-खेलकुद २०७८ असार २७ , आईतबार ०६:०७ मा प्रकाशित

एजेन्सी । पाकिस्तानबिरुद्धको वन डे सिरिज घरेलु टोली इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । दोस्रो खेलमा भ्रमणकारी टोली पाकिस्तानलाई ५२ रनले हराउदै ईङलिश टोलीले ३ म्याचको सिरिजमा २–० को अग्रता समेत बनाएको हो ।
इंग्ल्यान्डले दिएको २ सय ४८ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा समेटियो । साउद शकिलले ५६ रन बनाएको पाकिस्तानको ईनिङसमा हसन अलीले ३१ र सदाब खान २१ रन बनाए । इंग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनको नाममा समान २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४५ ओभर २ बलमा २ सय ४७ रनमा समेटिएको थियो । इंग्ल्यान्डको जितमा फिल साल्टले ६० रनको योगदान गरे । जेम्स भिन्सले ५६ र लेविस ग्रेगोरीले ४० रन बनाए । पाकिस्तानका हसन अलीले ५ विकेट लिए । हरिस रउफले २ विकेट लिए । यी दुई टोलीबिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल मंगलबार हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?