Logo

पाकिस्तानलाई १० विकेटले हराउदै अष्ट्रेलियाद्धारा सिरिज कब्जा

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ०६:११ मा प्रकाशित

एजेन्सी । पाकिस्तानविरुद्धको टी–ट्वान्टी सिरिज घरेलु टोली अष्ट्रेलियाले जितेको छ । पर्थमा आज भएको तेस्रो तथा निर्णायक खेलमा १० विकेटको शानदार जित निकाल्दै कंगारु टोलीले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । यी २ राष्ट्रबिचको पहिलो खेल भने बर्षाले अबरुद्ध भएको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको १ सय ७ रनको झिनो चुनौती अष्ट्रेलियाले ७३ बल अगावै बिना क्षती भेट्टायो । कप्तान एरोन फिन्च ५२ र डेभिड वार्नर ४८ रनमा अबिजित रहदै टोलीलाई शानदार जित दिलाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेट गुमाएर १ सय ६ रनको सामान्य योगफल तयार पारेको थियो । इफ्तिकार अहमदले सर्बाधिक ४५ रन बनाएको ईनिङसमा इमाम उल हकले १४ रन जोडे । अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । अष्ट्रेलियाका केन रिचार्ड्सनले ३ तथा मिचेल स्टार्क र सिन अब्बोटले समान २ विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?