Logo

पाकिस्तानका सर्फराज अहमद कप्तानबाट हटाईए

ई-खेलकुद २०७६ कात्तिक १ , शुक्रबार ०३:१० मा प्रकाशित

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले सर्फराज अहमदलाई टेष्ट र ट्वान्टी–२० क्रिकेटको कप्तानबाट हटाएको छ । आज एक विज्ञप्ती जारी गर्दै बोर्डले उनलाई कप्तानबाट हटाएको जानकारी दिएको हो । खराव फर्मको कारण देखाउदै बोर्डले सरफराजलाई अष्ट्रेलियाबिरुद्ध आगामी महिना हुने टेष्ट र ट्वान्टी–२० क्रिकेट सिरिजको टोलीमा समेत राखेको छैन ।
बोर्डले टेष्ट क्रिकेटको कप्तानी अजहर अलीलाई र टि–ट्वान्टीको बाबर अजामलाई जिम्मेबारी दिएको छ । वान डेको कप्तानबाट भने सरफराजको नाम तत्काल हटाईएको छैन । विश्वकप क्रिकेटमा पाकिस्तान लिग चरणबाटै बाहिरिएपछि आलोचित बनेका सरफराजलाई बोर्डले पाकिस्तानबिरुद्धको ट्वान्टी–२० सिरिज श्रीलंकाले क्लिनस्विप गरेपछि हटाएको हो । पाकिस्तानले आगामी महिना अष्ट्रेलियाबिरुद्ध टेष्ट र ट्वान्टी–२० सिरिज खेल्दैछ । अलीले आईसीसी वल्र्ड टेष्ट क्रिकेट च्याम्पियनसिप र आजमले कम्तीमा आगामी वर्ष हुने टी–२० विश्वकप क्रिकेटसम्म टोलीको नेतृत्व गर्नेछन् ।
टेष्ट क्रिकेटको कप्तानीको जिम्मेवारी पाएका अलीले पाकिस्तानी क्रिकेट बोर्डले आफुलाई दिएको ठ्लो सम्मान भएको बताए । खेलाडीलाई अवसर दिदै पाकिस्तानको क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको अलीको भनाई छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?