Logo

पाँचौ स्थानका लागि नेपालले आज अफगानिस्तानको सामना गर्दै

ई-खेलकुद २०७६ भदौ ६ , शुक्रबार ०७:०८ मा प्रकाशित

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पाँचौ स्थानको लागि नेपालले आज अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । समुह एको पुछारमा रहेको नेपालले समुह बीको तेस्रो स्थानमा रहेको अफगानिस्तानसंग पाँचौ र छैठौ स्थानको बरियताका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
ललितपुरको लगनखेलस्थित त्रिभुबन आर्मीको कभर्ड हलमा दिउँसो ३ बजे नेपाल र अफगानिस्तानबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजै माल्दिभ्स र तुर्कमेनिस्तनबिच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । खेल सोहि कोर्टमा साँझ ५ बजे सुरु हुनेछ ।
सेन्ट्रल जोन भलिवलको उपाधीका लागि उज्बेकिस्तान र किर्गीस्तानबिच भोली फाइनल खेल हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?