
काठमाण्डौ । नेपालमा जारी १३ औ दक्षिण एसियाली खेलकुद सागको पाँचौ दिनका खेल सकिदा नेपालले पदक तालिकामा ३६ स्वर्ण हात पारेको छ । चौथो दिन हिजो २९ स्वर्ण जितेको नेपालले आज थप ७ स्वर्ण हात पार्दै ऐतिहासिक सफलता हात पारेको हो । त्यस्तै नेपालले २६ रजत र ३४ कास्यसहित कुल ९६ पदक हात पारेको छ ।
शीर्ष स्थानको भारतले ५४ स्वर्ण ३५ रजत र १८ कास्यसहित १ सय ७ पदक जितेको छ । नेपालपछि १३ स्वर्ण, ३० रजत र ४९ कास्यसहित श्रीलंका तेस्रो स्थानमा छ । १२ स्वर्ण, २१ रजत र २२ कास्य जितेको पाकिस्तान चौथो र ४ स्वर्ण १० रजत र ३७ कास्य सहित बंगलादेश पाँचौ स्थानमा छ । माल्दिभ्सले ऐतिहासिक १ स्वर्ण र २ कास्य हात पार्दा तालिकाको पुछारमा रहेको भुटानले ६ कास्य हात पारेको छ ।
