Logo

पहिलो मैत्रीपुर्ण खेलमा नेपाली अण्डर १५ महिला टोलीको शानदार जित, अमिशाको ह्याट्रिक

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । पहिलो मैत्रीपुर्ण फुटबल खेलमा नेपाली अण्डर १५ महिला टोलीले शानदार जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपालले भुटानको १५ बर्षमुनीको टोलीलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको सुरुवातदेखीनै भुटानबिरुद्ध दबाव बनाएको नेपालले एकपक्षिय खेल प्रर्दशन गरेको थियो ।

पाँचौ मिनेटमा सुनकली राईको गोलबाट अग्रता बनाएको नेपालले १२ औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । दोस्रो गोल अमिशा कार्कीले गरिन् । १४ औ मिनेटमा डेकी लाजोमले गोल गर्दै भुटानलाई २–१ के अवस्थामा पुर्याईन् । ४४ औ मिनेटमा कप्तान प्रिति राईले गोल गरेपछि पहिलो हाफमा नेपालले ३–१ को अग्रता बनाएको थियो ।

अमिशाले ४८ र ५४ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा नेपाल ५–१ को अवस्थामा पुग्यो । ८९ औ मिनेटमा प्रितिले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–१ को जित दिलाईन् । नेपालले सोहि टोलीसंग बुधबार दोस्रो मैत्रीपुर्ण खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?