
एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसिप अन्र्तगत वेष्ट ईण्डिजबिरुद्धको पहिलो टेष्टमा ईण्डियाले शानदार जित हात पारेको छ । नर्थ साउण्डमा गएराती ३ सय १८ रनको जित निकाल्दै ईण्डियाले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको हो । ईण्डियाले दिएको ४ सय १९ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली १ सय रनमा समेटिएपछि ईण्डिया शानदार जित निकाल्न सफल बन्यो । जसप्रित बुमराहले ५ तथा ईशान्त शर्माले ३ विकेट चट्काएपछि ईण्डिया सहज जित निकाल्न सफल बन्यो । महम्मद सामीको नाममा २ विकेट रहयो ।
केमार राओचले ३८ र मिगुईल कुमिन्सले १९ रन बनाएको ईनिङसमा वेष्ट ईण्डिजका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । वेष्ट ईण्डिजले पहिलो ईनिङसमा २ सय २२ रन बनाएको थियो ।
आफ्नो पहिलो ईनिङसमा २ सय ९७ रन बनाएको ईण्डियाले दोस्रो ईनिङसमा ३ सय ४३ रन बनाउदै घरेलु टोलीलाई ४ सय १९ रनको लक्ष्य दिएको थियो ।
ईण्डिया र वेष्टईण्डिजबिचको दोस्रो टेष्ट क्रिकेट शुक्रबार किङगस्टोनमा हुनेछ ।
