
एजेन्सी । आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तरगत साउथ अफ्रिकाबिरुद्धको पहिलो खेलमा इण्डियाले रोमाञ्मचक जित निकालेको छ । पाँचौ तथा अन्तिम दिन आज २ सय ३ रनको फराकिलो जित निकाल्दै घरेलु टोलीले ३ म्याचको टेष्ट सिरिजमा १–० को अग्रता बनाएको छ ।
३ सय ९५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली साउथ अफ्रिका १ सय ९१ रनमा अलआउट भयो । डेन पिएड ५६ रनमा आउट भए भने सेनुरम मुथुसामी ४९ रनमा नटआउट रहे । एक विकेटको क्षतिमा ११ रनबाट आज अन्तिम दिनको खेल थालेको साउथ अफ्रिकालाई सस्तैमा समेट्न मोहमद सामीले ५ र रविन्द्र जडेजाले ४ विकेट लिए । रविचन्द्रन अश्विनको नाममा एक विकेट रह्यो ।
यसअघि रोहित शर्माले दुवै इनिङ्समा सतक बनाउने पहिलो खेलाडिको कीर्तिमान बनाएपछि इण्डियाले पहिलो इनिङ्स ७ विकेटको क्षतिमा ५ सय २ र दोस्रो ४ विकेटको क्षतिमा ३ सय २३ रनमा डिक्लियर गरेको थियो । साउथ अफ्रिकाले भने पहिलो इनिङ्समा ४ सय ३१ रन बनाएको थियो ।
