Logo

पहिलो टि–२० मा न्युजिल्याण्ड विजयी

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०४:११ मा प्रकाशित

एजेन्सी । वेष्टईण्डिजबिरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा घरेलु टोली न्युजिल्याण्ड विजयी भएको छ । क्यारेबियन टोलीलाई ५ विकेटले हराउदै किबिज टोलीले ३ म्याचको ट्वान्टी २० सिरिजमा १–० को अग्रता लिएको हो । बर्षाले प्रभावित १६ ओभरको खेलमा वेष्ट ईण्डिजले दिएको १ सय ७७ रनको चुनौती घरेलु टोलीले ४ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।
जेम्स निस्ह्यामले सर्बाधिक ४८ रन बनाएको न्युजिल्याण्डको ईनिङसमा डेभोन कोन्वेले ४१, मिचेल सान्टनरले ३१ र ग्लेन फिलिप्सले २२ रनको योगदान गरे । टिम सिफर्टले १७ रन बनाए ।
वेष्टईण्डिजका ओस्हाने थोमसले २ तथा कायरन पोलार्ड र सेल्ड्रोन कोटरेलले समान एक विकेट लिए । न्युजिल्याण्डका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि अकल्याण्डमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रनको उच्च योगफल तयार पारेको थियो । डकबर्थ लेबिस पद्धतीका आधारमा न्युजिल्याण्डलाई भने १ सय ७७ रनको नयाँ लक्ष्य दिईएको थियो । कप्तान कायरन पोलार्डले अविजित ७५ र आन्द्रे फ्लेट्चरले ३४ रन बनाएको क्यारेबियन ईनिङसमा फाबियन एलनले ३० रन जोडे ।
न्युजिल्याण्डका लागि लक्की फेर्गुसनले ५ विकेट चट्काए । टिम साउथीले २ विकेट हात पारे । न्युजिल्याण्ड भ्रमणका क्रममा वेस्टइन्डिजले ३ म्याचको टी–ट्वान्टी सिरिज र २ म्याचको टेस्ट सिरिज खेल्नेछ ।

 

न्युजिल्याण्ड वेष्टईण्डिज

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?