
एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टि–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । आज भएको खेलमा भ्रमणकारी टोलीलाई १ सय ३४ रनको फराकिलो अन्तरले हराउदै कंगारु टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । अष्ट्रेलियाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । दासुन सनकाले सर्बाधिक १७ रन बनाएको ईनिङसमा कुशल परेराले १६ र कप्तान लासिथ मालिंगाले १३ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा मिचेल स्टार्स र पाट कुमिन्सले समान २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले डेभिड वार्नरले शतक तथा एरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतकको मद्धतमा २ सय ३३ रनको उच्च योगफल तयार पारेको थियो । वार्नरले ५६ वलमा ४ छक्का र १० चौकाको मद्धतमा नटआउट १ सय रन बनाए । एरोन फिन्चले ६४ र ग्लेन म्याक्सवेलले ६२ रनको योगदान गरे ।
श्रीलंकाका ल्याक्सन सन्दाकान र दासुन सनाकाले समान एक विकेट लिए । अष्ट्रेलिया भ्रमणका क्रममा श्रीलंकाले घरेलु टोलीसंग ३ म्याचको टी–२० सिरिज खेल्नेछ । घरेलु मैदानमा हुने टी–२० विश्वकपको तयारीका लागि तयारी तिब्र पारेसंगै अष्ट्रेलियाले बिभिन्न राष्ट्रसंगको टी–२० सिरिजलाई पनि निरन्तरता दिएको हो ।
