
काठमाण्डौ । एभीसी एसियन सिनियर पुरुष भलिबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा आयोजक नेपाल, बलियो टोली किर्गिस्तानसंग सोझो सेटमा पराजित भएको हो ।
ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कर्भड हलमा नेपाल २३–२५, २२–२५ र २२–२५ को सेटले पराजित भयो । डिफेण्डिङ च्याम्पियनबिरुद्ध उत्कृष्ट प्रर्दशन गरेपनि नेपालको डिफेन्स र रिसिभिङको कमजोरी भने यथावत रहेको थियो । यो हारले नेपालको सेमिफाइनल प्रबेशको संभावना केहि घटेपनि आशा भने जिवितै छ ।
नेपाल रहेको समुह ए मा ३ टोली मात्र रहेकाले एक जितले पनि सेमिफाइनल प्रबेशको संभावना कायम रहनेछ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको पहलिो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटले पाखा लगाएको थियो । आजै बंगलादेश र उज्वेकिस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ ।
