Logo

पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पराजित

ई-खेलकुद २०७६ भदौ १० , मंगलबार ०६:०८ मा प्रकाशित

काडमाण्डौ । श्रीलंकामा हुने अन्डर–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाली युवा टोली, श्रीलंकाको सिन्हालिज स्पोर्टस क्लबसंग ३ विकेटले पराजित भएको हो । नेपाली टोलीबिरुद्ध सिन्हालिजले २३ बर्ष मुनीको टोली मैदान उतारेको थियो । नेपालले दिएको २ सय ४१ रनको लक्ष्य उसले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । कमलसिंह ऐरीको अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक रहेको घरेलु टोलीले नेपाली फिल्डिङको कमजोरीको फाईदा उठाउदै जित हात पारेको हो । अन्तिम बलमा क्याच ड्रप हुदा युवा टोलीले अभ्यास खेलमा हार भोगेको हो ।
यसअघि सोहि क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रनको योगफल तयार पारेको थियो । कमजोर सुरुवात गरेको नेपालको ईनिङस आसिफ शेखले उकासेका हुन् । उनले ८८ रन बनाए । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१ र पवन सर्राफले ३० रन जोडे । कप्तान रोहित कुमार पौडेल ८ र लोकेश बम १ रनमा आउट भए । हरि चौहान १८ र भीम सार्की १५ रनमा अबिजित रहे । बर्षाले खेल सुरु हुन ढिलाई भएपछि खेल ४२ ओभरमा छोट्याईएको थियो ।
प्रतियोगिता अघि नेपालले बिहिबार बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्न छ । त्यस्तै शुक्रबार चीला मरियन्स क्लबसंग नेपालले तेश्रो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालले भदौ २० मा श्रीलंकासंग खेल्दै एसियाकपको सुरुवात गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?