Logo

पल्सर स्पोर्टस अवार्ड आज

ई-खेलकुद २०७७ पुस २८ , मंगलबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाली खेलकुद क्षेत्रकै सर्बाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १७ औ संस्करण आज हुदैछ । नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्ड समारोह ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । सेमी भर्चुअल माध्यमबाट हुने समारोहमा बिभिन्न १० बिधामा अवार्ड वितरण हुने मञ्चका अध्यक्ष्ँ दुर्गानाथ सुबेदीले जानकारी दिनुभयो । अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससंगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको अवार्ड रहनेछ ।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।
वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

एनएसजेएफ स्पोर्टस अवार्ड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?