Logo

पदक विजेता खेलाडीलाई बालुवाटारबाट बोलावट, भोली पुरस्कार घोषणा हुदै

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औ दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाउनुभएको छ । समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले भोली विजेता खेलाडीसंग भेटघाट गर्ने जानकारी दिनुभएको हो । सोहि अवसरमा खेलाडीहरुलाई प्रोत्साहान पुरस्कारको पनि घोषणा गर्ने उहाँले बताउनुभयो । अस्वस्थतापछिको आरामका कारण सागको समापनलाई भिडियो सन्देशबाट सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले भोली सबै खेलाडीलाई बालुवाटारमा बोलाउनुभएको हो । प्रधानमन्त्री ओलीले खेलाडीहरुसंगै विजेतालाई पुरस्कारको घोषणाको तयारी गर्नुभएको छ ।
भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले साग सफलतापुर्बक सम्पन्न भएकोमा सहयोग गर्ने सबैमा धन्यावाद दिनुभयो । छोटो तयारीमा पनि राष्ट्रको शीर उचो राख्ने गरी प्रतियोगिता सम्पन्न भएकोमा निक्कै हर्षित भएको भन्दै उहा“ले दक्षिण एसियाली मुलुकहरुबिचको सम्बन्धलाई थप मजबुत बनाउन प्रतियोगिताले मद्दत पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?