Logo

न्यु डायमण्ड र नेपाल पुलिसको विजयी सुरुवात

ई-खेलकुद २०७७ चैत्र १९ , बिहीबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आज भएको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटले स्तब्ध पार्यो । ढोरपाटनलाई सहजै हराउने क्रममा उसले २५–६, २५–२ र २५–५ को जित निकाल्यो । एकतर्फि खेलमा न्यु डायमण्डले ढोरपाटनलाई सजिलै हराएको हो ।
सोहि कोर्टमा पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई साझेो सेटले नै हरायो । पहिलो सेटमा २५–९ को सहज जित निकालेको पुलिसले त्यसपछिका सेटमा २५–२१ र २५–१६ को जित निकाल्यो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीको साथ पाएको पुलिसले दोस्रो र तेस्रो सेटमा भने लय गुमाएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ । लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगीताको उपाधि जित्नै दुबै टोलीले ३ लाख रुपैया प्राप्त गर्ने छन् ।

एनभीए राष्ट्रिय लिग न्यू डायमण्ड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?