Logo

न्युजिल्याण्ड र वेष्टईण्डिजबिचको ट्वान्टी २० सिरिज आजबाट

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । न्युजिल्याण्ड र वेष्टईण्डिजबिचको ट्वान्टी २० सिरिज आज सुरु हुदैछ । तीन म्याचको ट्वान्टी २० सिरिज अन्तर्गत पहिलो खेल अकल्याण्डमा पौने १२ बजे सुरु हुनेछ । माहामारीपछि न्युजिल्याण्डले पनि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय सिरिजको आयोजना गरेको हो । क्यारेबियन टोली भने ४ महिनापछि मैदान उत्रन लागेको हो । उसले पछिल्लो पटक जुलाईमा ईङल्याण्डको भ्रमण गरेको थियो । किबिज टोली टिम साउथी र क्यारेबियन टोली कायरन पोलार्डको कमानीमा मैदान उत्रनेछन् ।
यी दुई राष्ट्रबिच ३ म्याचको ट्वान्टी २० सिरिजसंगै २ म्याचको टेष्ट सिरिज पनि हुनेछ । वेष्टईण्डिजपछि न्युजिल्याण्डले पाकिस्तानसंग घरेलु मैदानमा ३ म्याचको ट्वान्टी २० र २ म्याचको टेष्ट सिरिज खेल्नेछ ।

न्युजिल्याण्ड वेष्टईण्डिज

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?