Logo

न्युजिल्याण्डसामु भारतको सामान्य लक्ष्य

ई-खेलकुद २०७८ कात्तिक १४ , आईतबार ०९:१० मा प्रकाशित

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले न्युजिल्याण्डसामु १ सय ११ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । दुबईमा टस हारेर पहिले व्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १० रनको सामान्य योगफल तयार पारेको हो । रबिन्द्र जडेजाले सर्बाधिक २६ रन बनाएको भारतको ईनिङसमा हार्दिक पाण्डेयाले २३ र लोकेश राहुलले १८ रन बनाए । रोहित शर्माले १४ र रिषब पन्तले १२ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतलाई सामान्य स्कोरमा समेट्न न्युजिल्याण्डका ट्रेन्ट बोउल्टले ३ तथा ईश सोधीले २ विकेट लिए । एडम मिल्ने र टिम साउथीको नाममा एक एक विकेट रह्यो ।
पहिलो खेलमा यी दुबै टोली पाकिस्तानसँग पराजित भएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?