Logo

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेटमा श्रीलंकाको शानदार जित

ई-खेलकुद २०७६ भदौ १ , आईतबार ०३:०८ मा प्रकाशित

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेटमा श्रीलंकाले शानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा ६ विकेटको जित निकाल्दै श्रीलंकाले २ म्याचको टेष्ट सिरिजमा १–० को अग्रता बनाएको हो । यो संगै उसले च्याम्पियनसिपमा ६० अंक जोडेको छ ।
न्युजिल्याण्डले दिएको २ सय ६८ रनको लक्ष्य श्रीलंकाले पाँचौ दिनको पहिलो सत्रमै पुरा गर्यो । कप्तान दिमुथ करुनारत्नेले १ सय २२ रन तथा लाहिरु थिरिमानेले ६४ रन बनाएपछि घरेलु टोलीले सहज रुपमा लक्ष्य भेट्टाएको हो ।
एञ्जेलो म्याथ्युजले अविजित २८ रन बनाएको ईनिङसमा कुशल परेराले २३ तथा धनन्जय सिल्भाले नटआउट १४ रनको योगदान गरे । न्युजिल्याण्डका ट्रेण्ड बोउल्ट, टिम साउथी, अजाज पटेल र विलियम रिचार्डले समान एक विकेट लिए ।
पहिलो इनिङ्समा २ सय ४९ रनमा अलआउट भएको किबिज टोलीले दोस्रो ईनिङसमा २ सय ८५ रन बनाउदै श्रीलंकालाई सो लक्ष्य दिएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा २ सय ६७ रन बनाएको थियो । यी २ राष्ट्रबिचको दोस्रो टेष्ट क्रिकेट बिहिबार कोलम्बोमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?