Logo

न्युक्यासलबिरुद्ध आर्सनलको सहज जित

ई-खेलकुद २०७८ वैशाख १९ , आईतबार ०९:०५ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल विजयी भएको छ । न्युक्यासल युनाईटेडलाई २–० ले हराउदै आर्सनल तालिकाको नवौ स्थानमा उक्लिएको हो । आर्सनललाई सहज जित दिलाउन महम्मद एल्नेनी र पिरे एमेरिक आबुमियाङले एक एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा एल्नेनीको गोलमा अग्रता बनाएको आर्सनलका लागि आबुमियाङले ६६ औ मिनेटमा अर्को गोल थपेका थिए । खेलमा अधिकांश समय न्युक्यासललाई दबावमा राखेपनि आर्सनलका थप आधा दर्जन अवसर खेर गएका थिए ।

खेलको अन्तिम समयमा न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो । जितसंगै ३४ खेलबाट ४९ अंक जोड्दै आर्सनल तालिकाको नवौ स्थानमा पुगेको हो ।

आर्सनल प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?