Logo

नेपाल सुपर लिग बैसाख ११ गतेबाट सुरु हुने

ई-खेलकुद २०७७ फागुन १० , सोमबार ०२:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाईज लिग हुने भएको छ । नेपाल सुपर लिग (एनएसएल) को नाममा हुने प्रतियोगीता बैसाख ११ गतेबाट सुरु हुनेछ । २ सातासम्म चल्ने प्रतियोगीता नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुनेछ । आयोजक संस्थाले काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिगको मिती सार्बजनिक गरेको हो । बैशाख २५ गतेसम्म संचालन हुने प्रतियोगीता अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने छ ।
सात प्रदेशका बिभिन्न शहरको नाममा सात टोलीको सहभागीता रहने लिगमा कुल १९ खेल हुनेछन् । टोलीको नाम र मालिकको नाम भने छिट्टै सार्बजनिक गरिने आयोजकले बताएको छ । लिग राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुनेछ । हरेक टोलीले आफ्नो टिममा ३ जना बिदेशी खेलाडी राख्न पाउनेछन् । अन्य खेलकाडीको छनोट अक्सनबाट गरिने छ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । टोलीमा रहेका ३ विदेशी मध्ये दुई खेलाडीले मात्र प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

एनएसएल नेपाली फुटबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?