Logo

नेपाल सुपर लिगमा आज चितवन र विराटनगर भिड्दै

ई-खेलकुद २०७८ वैशाख २० , सोमबार ०९:०५ मा प्रकाशित

काठमाण्डौै । पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एक मात्र खेल हुदैछ । अघिल्लो चरण प्रवेशको प्रतिस्पर्धा तिब्र रहेका बेला चौथो चरणको प्रतिस्पर्धाका लागि विराटनगर र चितवन भिड्न लागेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ३ खेलमा १ जित, एक हार र समान बराबरीको नतिजासहित तेस्रो स्थानमा रहेको विराटनगर चितवनलाई हराउदै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ । ३ खेलबाट उसको ४ अंक रहेको छ ।
जारी प्रतियोगीतामा कुनै जित निकाल्न नसकेको चितवन पनि विराटनगरलाई हराउदै तालिकामा सुधार गर्न चाहान्छ । सुरुवाती तीन मध्ये चितवनले २ खेल बराबरी खेलेको थियो । एक खेलमा भने हार भोगेको छ । तेस्रो चरणका खेल सकिदा चितवन २ अंकमा तालिकाको पुछारमा रहेको छ । विराटनगर रनजित धिमाल र चितवन भरत खवास नेतृत्वका टोली हुन् ।
यसअघि हिजो भएको एकमात्र खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्सले गोलरहित बराबरीको नतिजा निकालेका थिए ।

एनएसएल विराटनगर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?