Logo

नेपाल सुपर लिगमा आज काठमाण्डौ र बुटलब भिड्ने

ई-खेलकुद २०७८ वैशाख २१ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलमा आज चौथो चरणको अन्तिम एक खेल हुदैछ । आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ । जारी प्रतियोगीताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीनमध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो ।
४ अंकमा तालिकाको पाँचौ स्थान रहेको काठमाण्डौ पनि आजको खेलमा जित निकाल्दै अघिललो चरण प्रबेशको संभावना कायमै राख्न चाहान्छ । यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई २–० ले हराउदै विराटनगर सिटी एफसी तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

काठमाण्डौ रेजर्स नेपाल सुपर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?