Logo

नेपाल र माल्दिभ्सबिचको खेल आज, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाव

ई-खेलकुद २०७६ भदौ ४ , बुधबार ०७:०८ मा प्रकाशित

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज पनि बिभिन्न ३ खेल हुदैछन् । आज समुह बी अन्तर्गतका २ र समुह ए को एक खेल हुनेछ । आजको पहिलो खेलमा दिउँसो ३ बजे उज्वेकिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुनेछ । सुरुवाती दुबै खेलमा जित निकालेको उज्वेकिस्तान, अफगानिस्तानबिरुद्ध पनि जित निकाल्दै शतप्रतिशत नतिजासंगै सेमिफाइनल पुग्ने योजनामा छ । बंगलादेशलाई हराएको अफगानिस्तानपनि बलियो टोलीबिरुद्ध सशक्त प्रर्दशनसंगै जित हात पार्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा समुह ए मा रहेको नेपालले माल्दिभ्सको सामना गर्नेछ । पहिलो खेलमा किर्गीस्तानसंग पराजित भएका दुबै टोली आजको खेलमा जित निकाल्दै समुह उपबिजेताको रुपमा सेमिफाइनल पुग्न चाहान्छन् । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भड हलमा साँझ ५ बजे हुने खेल, दुबै टोलीका लागि गर या मरको अवस्थामा छ ।
सोहि कोर्टमा हुने आजको अन्तिम खेलमा समुह बी अन्र्तगतको बंगलादेशले तुर्कमेनिस्तानको सामना गर्नेछ । तेस्रो खेल राती ७ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?