Logo

नेपाल र जिम्बावे ए बीचको खेलले अन्तराष्ट्रिय मान्यता नपाउने

ई-खेलकुद २०७९ वैशाख ९ , शुक्रबार ०३:०४ मा प्रकाशित

काठमाडौं । नेपाल र जिम्बावे ए टोलीबीचको एकदिवसीय र टी–ट्वान्टी दुबै खेलले अन्तराष्ट्रिय मान्यता नपाउने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको नियमका कारण नेपालमा अर्को साता सुरु हुने सिरिजले अन्तराष्ट्रिय मान्यता नपाउने भएको हो । एउटा मुलुकको राष्ट्रिय टोली र अर्को राष्ट्रको लिष्ट ए टोलीकाबीच भएको खेललाई मान्यता नदिने प्राबधानका कारण यो सिरिज अनौपचारिक सिरिजका रुपमा रहने भएको हो । नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर बिनोद दासले दुबै सिरिजले मान्यता नपाउने बताए । बैसाख १७ गतेबाट सुरु हुने सिरिजमा नेपालले सन्दिप लामिछानेको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । जिम्बावेले पनि नेपाल भ्रमणका लागि १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
किन पठायो जिम्बावेले लिष्ट ए टोली ?
नेपालसँगको खेलका लागि जिम्बावेले राष्ट्रिय टोलीका धेरे खेलाडीलाई पठाउने तयारी गरेको थियो । तर सोहि समय घरेलु मैदानमा साउथ अफ्रिकासँगको सिरिज निर्धारण भएकाले राष्ट्रिय टोलीका खेलाडीलाई २ टोलीमा बाँडीएको हो । नेपालको घरेलु लिग समेत खेलिसकेका सिकन्दर राजासहितका खेलाडीले नेपाल आउने इच्छा देखाएपनि उनीहरु साउथ अफ्रिका ए विरुद्वको सिरिजका लागि टोलीमा परेका छन् । सो टोलीमा १४ र नेपाल भ्रमणका लागि १५ सदस्सीय टोली बनाउनु परेकाले राष्ट्रिय टोलीका ८ खेलाडी मात्र नेपाल आउने भएका हुन् । नाम चलेका र टोलीका ठुला खेलाडी भने साउथ अफ्रिका एसँगको सिरिजका लागि उतै रहनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?