
काठमाडौं । नेपाल र जिम्बावेको ए टोलीबीचको एकदिवसीय सिरिज आज सुरु हुँदैछ । तीन म्याचको सिरिज अन्तर्गतको पहिलो खेल किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपालले आईसीसी विश्वकप लिग टुको सिरिज अघि जिम्बावेको ए टोलीसँग वन डे र टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । जिम्बावेविरुद्व नेपाली टोली सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रनेछन् । भ्रमणकारी टोलीविरुद्व मैदान उत्रदा नेपाली टोली सुखद नतिजा निकाल्ने लक्ष्यका साथ रहने कप्तान सन्दिपले बताएका छन् । जिम्बावेका कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने बताएका छन् ।
नेपाल र जिम्बावे ए बीचको टी–ट्वान्टी सिरिज भने बैसाख २३ बाट सुरु हुनेछ ।
