Logo

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको निर्णायक वन डे भोली

ई-खेलकुद २०७९ वैशाख २५ , आईतबार ०५:०५ मा प्रकाशित

काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’बीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट सोमबार भोली हुँदैछ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । तीन म्याचको सिरिज एक एकको बराबरीमा रहेकाले दुबै टोली भोलीको खेलमा जित निकाल्दै सिरिज जित्ने प्रयासमा हुनेछन् । पहिलो खेलमा भ्रमणकारी जिम्बाब्वे ए टोली ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपालले ९ विकेटको शानदार जित निकाल्दै सिरिज बराबरीमा ल्याएको थियो । घरेलु टोली नेपाल आफ्नो पछिल्लो लयलाई कायम राख्दै श्रृखला घरमै राख्ने योजनामा रहेको छ । टेष्ट राष्ट्रको टोली पनि नेपाल भ्रमणलाई सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।
नेपाल र जिम्बाब्वे एबीच यसअघि भएको तीन म्याचको टी–ट्वान्टी सिरिज एक एकको बरारबीमा सकिएको थियो । दोस्रो खेल बर्षाका कारण नतिजाबिहिन बन्दा टी–ट्वान्टी सिरिजको उपाधि बाँडेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?