
काठमाण्डौ । विश्वकप छनोट अन्र्तगत नेपाल र कुवेतबिचको खेल भुटानमा हुने पकका भएको छ । घरेलु मैदानमा हुने खेल मैदानको पुर्ननिर्माण नसकिएपछि भुटानमा हुन लागेको हो । मंसिर ३ गते हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) गरेको प्रस्ताव एसीयाली फुटबल महासंघ एएफसीले स्वीकार गरेसंगै भुटानको चाङलीमिथाङ रंगशालामा नेपाल र कुवेतबिचको खेल हुने तय भएको हो ।
एएफसीका प्रतिनिधिले निर्माणाधीन दशरथ रंगशालाको अवलोकन पश्चात खेल स्थल परिवर्तन गर्न आग्रह गरेका थिए । सोहि अनुरुप एन्फाले भुटानमा प्रस्ताव गरेको थियो ।
