Logo

नेपाल र कुवेतबिचको खेल प्रत्यक्ष प्रशारण हुने

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत भुटानमा हुने कुवेत र नेपालबिचको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ । भुटानको चाङलीमिथाङ रंगशालामा हुने खेल भुटान फुटबल फेडेरेशनको सहयोगमा माईकुजुबाट प्रत्यक्ष प्रशारण हुने भएको हो ।
खेल नेपाली समयानुसार भोली साँझ सवा ६ बजे सुरु हुनेछ । दशरथ रंगशालाको पुर्ननिर्माण नसकिएपछि नेपालले तटस्थ भुमीमा कुवेतसंग खेल्न लागेको हो । पहिलो चरणमा एक खेलमा जित हात पारेको नेपाल दोस्रो चरणको पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा रहेको छ ।

https://mycujoo.tv/video/anfa?id=84348


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?