Logo

नेपाल रग्बीको एसोसिएट सदस्य

ई-खेलकुद २०७७ मंसीर ४ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । विश्व रग्बी फेडरेशनले नेपाललाई एसोसिएट राष्ट्रको सदस्यता दिएको छ । एसिया रग्बीको सिफारिस अनुसार बिश्व रग्बीले नेपाललाई एसोसिएट राष्ट्रको मान्यता दिएको हो । नेपाल रग्बी संघले आज एक बिज्ञप्ती जारी गर्दै सदस्यता प्रदान गरेको जनाएको हो । विश्व रग्बीको हिजो बसेको बोर्ड बैठकले एसिया रग्बीले पठाएको प्रस्ताव अनुमोदन गरेको हो ।
संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । एसिया रग्बीको सिफारिसमा नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएको हो । एसिया रग्बीले ३ महिना अघि नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको थियो । एसिया रग्बीको पुर्ण सदस्यता पाएको २ बर्षपछि नेपालले एसोसिएट राष्ट्रको मान्यता पाएको हो ।
नेपाल सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीसंग आबद्ध भएको थियो । बिश्व रग्बीबाट नेपालले एसोसिएट राष्ट्रको मान्यता पाएपनि नेपालमा ब्यवसायिक रुपमा यसको विकास भने हुन सकेको छैन् ।

नेपाल विश्व रग्बी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?