
काठमाण्डौ । नेपाल भ्रममका लागि मेरिलिवोन क्रिकेट क्लब एमसीसीको टोली आज काठमाण्डौ आउदै छ । एमसीसीको टोली बिहान साढे १० बजे नेपाल आईपुग्ने बताईएको छ ।
विश्वकै सबैभन्दा पुरानो एमसीसीको टिमले साताब्यापी भ्रमणका क्रममा राष्ट्रिय टिमसँग टी-ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ । एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ । त्यस्तै एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । पहिलो खेलमा भोली नेपाली अण्डर १९ टोलीसंग खेल्दै एमसीसीले नेपाल भ्रमण थाल्नेछ ।
